एभरेस्टको रक्तदानमा १८८ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०८०
blood donation

पोखरा । पोखराको एभरेस्ट एफएमले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदानमा १ सय ५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् । जसमध्ये ३१ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

रक्तदानमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी, कालिगड संघ कास्की, फिस्टेल लज, जिफन्ट, इन्डियन पेन्सन क्याम्प भूपू गोर्खा, नागरिक समाजलगायत संस्थागत सहभागिता थियो ।

कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता ट्याक्सी चालक शंकर गुरुङ र नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेक थिए ।

रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताइन् ।

कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठ, रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुनप्रसाद ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी कास्कीका महामन्त्री सुरेन्द्र गुरुङलगायतले बोलेका थिए ।

रक्तदान कार्यक्रममा आस्था किड्नी स्पेसलाइज्ड हस्पिटल प्रालि रानीपौवा पोखरा, हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेड न्युरोड पोखरा, युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी प्रालि (युआरएल), नेलम्बो नेपाल, सिटिजन फर्निचर ट्रेडलिंक प्रालि, सिटिजन फर्निचर एन्ड फर्निसिङ सप्लायर्स न्युरोड पोखरा, भिएडब्ल्यु इन्टरप्राइजेज प्रालि (यामाहा शोरुम), पोखरा ओम हस्पिटल डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालि, पुन ग्रुप अफ पोल्ट्री इन्डस्ट्रिज प्रालि पोखरा–५ पस्र्याङ, फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, डिजिटल साउन्ड एन्ड भिजन न्युरोड पोखरा, सुँखेत भ्याली रिसोर्ट प्रालि सुइँखेत, कप स्टोरिज अर्चलबोट पोखरा, परिचय डटकम सभागृहचोक, होटल पोखरा वाटीका प्रालि लेकसाईड, ब्याम्बो क्याटरिङ सर्भिस, पेनगुईन मिनरल वाटर र केटी हाउस पस्र्याङ, बाम्बो क्याटरिंग, प्रतिभा फोटो स्टुडियो लगायतले सहकार्य गरेको मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width