पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।
अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो ।
Related News
सम्बन्धित समाचार
टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि
व्युटिपार्लर एसोसिएसन गण्डकीमा रुपकला, कास्कीमा सुस्मा
ग्रामीण पर्यटनको स्मार्ट घलेगाउँ ‘सुखी गाउँ’ घोषणा
मनाङमा आइतबारदेखि पुनःहिमपात, यातायात सेवा ठप्प
विद्यालयमा जंकफुड निषेध
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९