पोखरा । महिला विकास तथा कानुन मञ्च, काठमाडौंको आयोजनामा जनचेतनामूलक कचहरि नाटक ‘अनागरिक’ पोखरामा मञ्चन भएको छ ।
पोखराको पृथ्वीचोक, घारिपाटन, पृथ्वीनारायण क्याम्पस परिसरमा देखाइएको यो नाटकले आमाको नामबाट पनि नागरिकता प्रदान गर्नु भन्ने मूल सन्देश बोकेको छ । यसअघि सो नाटक काठमाडौं र विराटनगरका विभिन्न स्थानमा मञ्चन भएको थियो ।
संविधानमा आमाको नाम पनि नागरिकता प्रदान गरिने भनी उल्लेख भए तापनि सोहीअनुसारको कानुन बनिनसकेकोले आफ्नो बुवासँग छुट्टिएर बसेका, बाबुले बेवास्ता गरेकादेखि आफ्नै आमाको नामबाट नागरिकता लिन चाहना भएका धेरै नेपाली युवायुवतीले राज्यको कानुन अभावमा आफ्नै देशभित्र अनागरिक भएर बाँच्नु परेको विषय नाटकमा देखाइएको थियो ।
पृथ्वीनारायण क्याम्पसकी विद्यार्थी सम्झना गुरुङले संसदमा नागरिकता विधेयक विचाराधीन भएको अहिलेको अवस्थामा नागरिकलाई सचेतता फैलाउने र राज्यलाई संवेदनशील हुन ‘अनागरिक’ नाटक सफल भएको बताइन् ।
नाटकमा शुत्रधार गरिरहेका कलाकार सुवास सुवेदीले यो नाटक आयोजकसंग मिलेर भक्तपुर, ललितपुर, काभ्रे र कैलालीमा मञ्चन गरिने बताए । सहिन प्रजापतिले निर्देशन गरेको उक्त नाटकमा सहिन प्रजापति, सरस्वती अधिकारी, कुशल विष्ट, रविन तामाङ, शिशिर अर्याल, अस्मिता ढकाल र सुवास सुवेदीले अभिनय गरेका छन् ।
Related News
सम्बन्धित समाचार
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
‘हल्कारा’ अमेरिकी फिल्म फेस्टिभलमा
अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न नवलपुर अदालतको आदेश
अभिनेता पललाई थुनामा पठाउन आदेश
पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९