कास्की लिग सुरु, २२ टिम भिड्दै

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
Kaski League

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लबस्तरीय कास्की लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

पोखरा २५ गौरीशंकर खेलमैदानमा सुरु खेलको प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरे । डिफेन्डिङ च्याम्पियन आदर्श क्लब र हेमजा युनाइटेडबीचको उद्घाटन खेल १–१ गोलको बराबरीमा सकिएको छ । दुवैले १–१ अंक बटुले ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङका दोस्रो खेलमा इन्द्रणी एकीकृतले फुलबारी युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । सो खेलबाट इन्द्रणीले ३ अंक जम्मा ग¥यो ।
मंगलबार गौरीशंकर खेल मैदान र रंगशालाको वैकल्पिक खेलमैदानमा समान ४/४ वटा खेल सञ्चालन हुनेछन् ।
लिगमा कास्की जिल्ला फुटबल संघमा आवद्ध २२ वटा क्लवहरुको सहभागिता रहेका संघका महासचिव रमेश कार्कीले बताए । उनका अनुसार लिग कम नक आउटका आधारमा प्रतियोगिता सञ्चालन हुनेछन् ।
उनले लिगका प्रतियोगिता पोखरा रंगशालाको वैकल्पिक खेलमैदान, पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा सञ्चालन गरिने बताए । ‘गोस्तेघाटमा पनि खेलाउने भन्ने थियो, उनले भने, ‘त्यहाँको शौचालयलगायतको कारणले गर्दा यो पटक २ ठाउँमा मात्रै खेल खेलाउँदै छौं ।’ कार्कीका अनुसार प्रतियोगिता अवधिभर कुल ५७ खेल सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालनका गर्न हेमजाको लागि इन्द्रबहादुर कुँवर, पोखरा रंगशालाका लागि नरप्रसाद गुरुङलाई संयोजक तोकिएको छ । लिग विजेताले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width