स्पेन यूरो कपको सेमिफाइनल प्रवेश

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
spain wins

पोखरा । आयोजक जर्मनीलाई २–१ गोलअन्तरले हराउँदै स्पेन ‘युरो कप-२०२४’ को सेमिफाइनल पुग्न सफल भएको छ ।

शुक्रबार राति अतिरिक्त समयको अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई अन्तिम ४ मा पु¥याउन सफल भएका हुन् । जारी यूरोकपमा अपराजित स्पेन सेमिफाइनल पुग्ने पहिलो टिमसमेत बनेको छ ।

निर्धारित समयको खेलमा दुवैतर्फबाट एक एकको बराबरीपछि निर्णयार्थ अतिरिक्त समयमा धकेलिएको थियो ।

५१ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । स्पेनको पक्षमा जितको घोषणा हुनै लाग्दा ८९ औं मिनेटमा जर्मनीले बराबरी खेलेको हो । फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । र, खेल अतिरिक्त समयमा पुग्यो ।

समूह चरणमा स्पेनले क्रोयसिया, साविक विजेता इटाली, अल्वानियालाई हराएको थियो । प्रिक्वाटरफाइनलमा जर्जियालाई शुन्यका विरुद्ध ४ गोलले पराजित गरेको थियो ।

स्पेन यस्तो टिम हो, जसले पहिलो सहभागितामै सन् १९६४ युरोकपको उपाधि जितेको थियो । उसले सन् २००८ मा जर्मनी र सन् २०१२ मा इटालीलाई फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पारेको थियो ।

स्पेन र जर्मनीले हालसम्म सर्वाधिक तीन-तीन पटक उपाधि चुमेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width