पोखरा १० र १७ सेमीमा

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
hemja veterans

पोखरा । हेमजा भेट्रान्स कपमा पोखरा १० र १७ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा पोखरा १० ले आयोजक वडा २५ लाई टाइब्रेकर ५–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । म्यान अफ दि म्याच पोखरा १० का गोल रक्षक विक्रम गुरुङ घोषित भए ।

दोस्रो खेलमा पोखरा १७ ले पोखरा १ लाई ३–१ अन्तरले पराजित गर्दै अन्तिम ४ मा स्थान बनायो । खेलमा पोखरा १७ का वेदबहादुर थापा म्यान अफ दि म्याच भए । फाइनल प्रवेशका लागि वडा १० र १२ तथा वडा १३ र १७ भिडने छन् ।

प्रथम हुने टिमले १ लाख ११ हजार ११ र दोस्रोले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

हेमजा यूनाइटेड आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षकत्वमा हेमजामा शनिबारदेखि सुरु भएको फाइनल असार ७ मा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…
  • एमेच्युअर फुटबल सुरु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका १५ नयाँगाउँमा मंगलबारदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । १९…
  • सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल

    आदर्श समाज सम्वाददाता असाेज १०, २०८१
    पोखरा । सहारा क्लब हङकङको १२ औं वार्षिकोत्सव अवसरमा दोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ६–ए साइड फुटबल प्रतियोगिता…
  • नेपालद्वारा श्रीलंका पराजित

    आदर्श समाज सम्वाददाता असाेज ७, २०८१
    पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै विजयी भएको छ ।…
  • कालिका बहुमुखी क्याम्पसमा ‘फाइभ ए साइड’ फुटबल सुरु

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । कालिका बहुमुखी क्याम्पस, विद्यार्थी कल्याण्कारी समिति आयोजनामा अन्तरसंकाय छात्र तथा छात्रा फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग