पोखरा । कालिका बहुमुखी क्याम्पस, विद्यार्थी कल्याण्कारी समिति आयोजनामा अन्तरसंकाय छात्र तथा छात्रा फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पोखरा १४ का वडा अध्यक्ष तथा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष बोधबहादुर कार्कीले रेफ्रीलाई बल हस्तान्तण गरी उद्घाटन गरे । उनले क्याम्पसले पढाइका अतिरिक्त विभिन्न खेलकुद सञ्चालन गरेर विद्यार्थीलाई विभिन्न अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनले पनि यसरी नै ओलम्पिकसम्म पुगी सफलता प्राप्त गरेको बताए ।
क्याम्पस प्रमुख विरन्जी गौतमले खेलले आपसी भाइचारा विकास तथा अनुशासित बनाउनुका साथै स्वस्थ रहन सहयोग पुग्ने हुँदा विभिन्न अवसरमा क्याम्पसले खेलकुद कार्यक्रम नियमित रुपमा गर्दै आएको बताए । उनले क्याम्पसले छोटो समयमा क्यूएएको प्रमाणपत्र प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको बताउँदै सम्पूर्णमा संविधान दिवसको शुभकामना समेत व्यक्त गरे ।
प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ४ टिमले भाग लिएका छन् ।
दुवैतर्फ प्रथमलाई ५ हजार, दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले बताए । विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गरे ।
कर्मचारीका तर्फबाट लेखा प्रमुख हुकुमराज थापाले शुभकामना व्यक्त गरे ।
कार्यक्रम संचालन विद्यार्थी कल्याणकारी समिति सचिव तेजेन्द्र केसीले गरे भने रेफी ज्ञानेन्द्र कार्कीले खेलका नियमबारे जानकारी दिए ।
प्रतियोगिता ५ असोजसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१