पोखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
पोखरा रंगशालामा सोमबार फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कास्कीले २ लाख र उपविजेता तनहुँले १ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
निर्धारित समयमा दुवै टिम गोल गर्न असफल बनेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीतर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुँवरको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिएको थियो ।
तनहुँका लागि दीपेश आले, शान्तबहादुर गुरुङ र आशबहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोस्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरे ।
यसअघि, निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुवै टिम गोल गर्न असफल रहेका थिए ।
सर्वाेत्कृष्ट खेलाडी तनहुँका शन्तबहादुर गुरुङ बने । उनले १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।
फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै २ लाख जितेको हो
उत्कृष्टले जनही ५ हजार साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा खेल भएको हो । विजयीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रदेश फुटबल संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टीका कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष गुरुङले पछिल्लो क्रममा परिषदले खेलकुद विकासका लागि विभिन्न प्रतियोगिता गर्दै आएको बताए । उनले पोखरालाई पर्यटनको सहरको रुपमा मात्रै नभई खेल पर्यटन हब रुपमा विकास गर्न सबैको सहयोग र सहकार्यको खाँचो रहेको औंल्याए ।
कार्यक्रममा एन्फाका केन्द्रीय निवर्तमान अध्यक्ष शेर्पाले पछिल्लो समय नेपाली फुटबलको अवस्था खस्किंदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासका लागि जिल्ला र प्रदेश लिगहरुको आयोजनालाई अघि बढाउनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स यूरोकपको सेमिफाइनलमा
स्पेन यूरो कपको सेमिफाइनल प्रवेश
पोखरा १० र १७ सेमीमा
प्रथम भेट्रान कप फुटसलमा पहिलो चरणका खेल जारी
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१