प्रथम भेट्रान कप फुटसलमा पहिलो चरणका खेल जारी

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
vetran lamjungs

लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपको पहिलो चरणका ९ खेल सकिएका छन् । तेस्रो दिन सोमबारसम्म ९ खेल सकिएका हुन् । बेंसीसहरस्थित सहजी खेल मैदानमा सोमबार पहिलो खेल खुदी युनाइटेड र हिमचुली क्लब भुलभुलेबीच भयो । जसमा ४–० गोलअन्तरले खुदी युनाइटेड क्लब विजयी भयो ।

लमजुङ मस्र्याङ्दी युवा क्लब विजयी भयो । उसले न्यू आदर्श युवा क्लबलाई ७–१ को फराकिलो गोलअन्तरले हरायो । तेस्रो खेलमा सेने ग्यादरिङले वाकओभर पायो ।

खासुर रोधिं टिम बेसीसहर–१० खासुर र छाउँदी हिमालयन युवा क्लब तनहुँबीच प्रतिस्पर्धामा २–० गोलअन्तरमा खासुर रोधिं टिम अघि बढेको आयोजक संस्था खेल संयोजक सूर्यमान गुरुङले बताए । चण्डीडाँडा भेट्रान र आयोजक लमजुङ फुटसल टिमबीच खेलमा ५–० गोलअन्तरले चण्डीडाँडा भेट्रानले जीत हासिल गरेको छ । बिबी व्याइज भेट्रान र सेभेन स्टार युवा क्लब डुम्रेबजारबीच खेलमा ४–० गोलअन्तरमा बिबि व्याइज विजयी भयो ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक इन्द्र रानाले बताए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ सय र मायाको चिनो प्रदान गरिने आयोजकको भनाइ छ । साथै दोस्रो राउण्डबाट प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने छ । अनुुमानित ३ लाख ६० हजार रुपैयाँ खर्च अनुुमान गरिएको आयोजक लमजुङ फुटसलका अध्यक्ष रानाले बताए ।

प्रतियोगितामा बागलुङ, कास्की, तनहुँ र मकवानपुरका १–१ गरी जिल्लाबाहिरका आमन्त्रित ४ टिमसहित २६ टिमले भाग लिएका छन् ।
प्रतियोगिताको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग