प्रजातन्त्रका सेनानी राजेन्द्र त्रिपाठीकाे स्मृतिमा प्रकाशित कृतिको लोर्कापण

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७८
bimochan (1)

पोखरा । समााजिक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी राजेन्द्रप्रसाद त्रिपाठीको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थको पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले बिहीबार  लोकार्पण गरेका छन् ।

शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका रुपमा आफ्नो छवी वनाएका राजेन्द्रप्रसादको ८३ वर्षको उमेरमा २०७७ वैशाख ३० गते आफ्नै निवास पोखरा २८ कालिकामा निधन भएको थियो । त्रिपाठीले गरेको संघर्ष राजनीतिक एवं सामाजिक कार्यहरुको इतिहासलाई जीवन्त राख्न सममाजसेवी ऋषिराम त्रिपाठीको संयोजकत्वमा स्व‍ राजेन्द्र प्रसाद त्रिपाठी स्मृति ग्रन्थ प्रकाशन समिति गठन गरेकोे थियो ।

तत्कालीन कालिका गाविसको पूर्व प्रधानपञ्च भएर काम गरिसकेका त्रिपाठीले विशेषत स्थानीय विकासका लागि उल्लेख्य योगदान गरेका थिए । राजनीतिमा रहँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेका राजेन्द्रले समाजसेवामै रहँदा आफ्नो लाखौं मूल्यको जग्गाा समेत बेच्नुपरेको थियो । राजेन्द्र त्रिपाठीले गरेका योगदानको उच्च मूल्याङकन गर्दै स्थानीय तहवाट २०७७ वैशाख २५ गते उहाको चौरासी पूजा र नागरिक अभिनन्दन एकसाथ गर्ने तयारी भएको थियो ।

तर महामारीको रुप लिएको कोभिड १९का कारण सोही समयमा अभिनन्दन हुन पाएन । अन्तत त्यसको ५ दिन पछि उनकाे स्वर्गारोहण भयो ।

पुस्तकको विमोचन गर्दै पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले राजनीतिमा आँफू समेत त्रिपाठीको अनुयायी भएको बताए । त्रिपाठीले प्रधानपञ्च हुँदा विकासका योजनामा स्रोतको समानुपातिक बाँडफाँड गरेको स्मरण गर्दै पूर्वसभामुख रानाभाटले जेलनेल, दुखकष्ट नभनी राजनीतिक चेतनाको अभियानमा स्वर्गीय त्रिपाठी सँधै सक्रीय रहेको समरण गरे ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले राष्ट्र र जनता र पार्टीप्रति जिम्मेवार रहेर काम गर्ने नेताको खडेरी भएका बेला राजेन्द्रजस्तो व्यक्तिको खाचो औंल्याए ।  जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनवहादुर क्षेत्रीले स्वर्गीय त्रिपााठीले साविक कालिका गाविसमा रहेर शिक्षा, स्वास्थ्य, सडक, भूसंरक्षण लगायतका विभिन्न विकासका पूर्वाधार निर्माणमा गररेका कामहरुको स्मरण गरे।

पुस्तकको समीक्षा गर्दै समालोचक पदमशरण रेग्मीले सामाजिक, धार्मिक, पारिवारिक संरक्षक आदि दृष्टिकोणबाट ७१ वटा लेखमार्फत् वहुआयामिक व्यक्तित्वका रुपमा स्वर्गीय त्रिपाठीको व्याख्या गरिएको बताए । स्वर्गीय त्रिपाठीको छोरा कीर्तिवल्ल्भ त्रिपाठीले बुवाको स्मृतीिग्रन्थ प्र्काशन गर्ने र लोकार्पण  समारोहमा उपस्थित सवैलाई धन्यवाद व्यक्त गरे ।

स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष ऋषिराम त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनका सहपाठी परासर चापागाई, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कांग्रेस कालीकाका वडा सभापति विश्वरमण अधिकारी, भानु ढकाल लगायतले स्वर्गीय त्रिपाठीले गरेका योगदानको चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width