अमेजन प्राइममा नेपाली चलचित्र ‘चिनी कम रंग कडा’ रिलिज

विनिता सुनार
असार २१, २०७७
film photo

पोखरा, असार २० । विवेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत शुक्रबार रिलिज गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण हल बन्द भएपछि निर्माण पक्षले डिजिटल प्रविधि मार्फत चलचित्र सार्वजनिक गरेको हो ।

म्युजिकल जनरामा निर्माण भएको उक्त चलचित्रमा मानब सुवेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

गीत र टिजर सार्वजनिक भइसकेको उक्त चलचित्र नेपालमा भने केहही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । हाल उक्त चलचित्र अमेरिका र बेलायतबाट हेर्न सकिनेछ ।

गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्रमा मानव सुवेदीको सँगीत र सुशील सुवेदीको शब्द रहेको छ ।यस्तै याचोपो रचलिक र लुका मौचरीको छायाँकन रहेको चलचित्रमा कष्ण भण्डारीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=NJd8FRqwHxU&t=57s

Related News

सम्बन्धित समाचार

hero news full width