पहिरो गएको ४ दिनसम्म प्रशासन वेखवर

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
ggggggg

बागलुङ, ७ असार । सडक विस्तारको क्रममा पहिरोजाँदा जोखिममा परेको वस्ती र धार्मिक संरचनाको वारेमा जिल्ला प्रशासन कार्यलय ४ दिनसम्म वेखवर रहेको पाईएको छ ।

बागलुङ नगरपालिका वडा नम्वर ४ कुडुलेमा सडक विस्तारको क्रममा भएको लापवाहीले करोडौको धार्मिक संरचना उच्च जोखिममा परेको भएपनि प्रशासन वास्ता नगरेको पाइएको हो । विहीवारदेखी शनिवारसम्म परेको अविरल वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर ४ कुडुलेमा आधा दर्जन घर, एक विद्यालय,रंग वैंकटेश्वर मुक्तिनारायण मन्दिर तथा शालग्राम संग्राहलय पहिरोको जोखिममा परेको छ ।

प्रदेश सरकारको ४२ करोड सहयोगमा बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेदेखि वडा नम्वर ५ मालिका जोड्ने सडक विस्तार गरी महिनौ सम्म मेसिनरी वाल नलगाउँदा पहिरो गएको छ । पहिरोले वस्ती र करोडौको भौतिक संरचना जोखिममा पारेको बारे प्रशासनको चालेको कदम वारे जानकारी लिदा जिल्ला प्रशाशन कार्यलय बागलुङका सूचना अधिकारी वोल्न मानेन् । प्रशासनमा श्रब्यदृष्य सामाग्री लिन खोज्दा पहिरोको वारे संचारमाध्यममा समाचार हेरेको तर आफुहरुलाई लिखित जानकारी नआएको भन्दै सूचना अधिकारी पन्छिन खोजेका हुन् ।

धर्म प्रेमीहरुको सहयोगमा निर्माण सम्पन्न हुने चरणमा पुगेका धार्मिक संरचना सडकका कारण जोखिममा परेपछि सहयोगदाता चिन्तित भएका छन् । वर्खायमा लागि सम्दा पनी कोरोना र मजदुर अभावको वहानामा निर्माण कम्पनीले काम नगर्दा थप जोखिम वढेको छ ।

अविरल वर्षा संगै शुक्रवार र शनिवार मन्दिर परिषरको करिव ५० मिटर वाल भत्केको छ । मेसिनरी वाल लगाउन ढिला हुदा मुक्तिनाथ वेद विद्याश्रम , रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र हालै निर्माण भएको शालग्राम संग्रहालय जोखिममा परेको छ । सडक निर्माणको कामलाई गति दिएर पहिरोको तत्काल व्यवस्थापन गर्न सम्वन्धित निकालयले ध्यान दिनुपर्ने स्थानीय जयलाल सापकोटाले वताए ।

समयमा काम नहुँदा बागलुङ वजारदेखी वडा नम्वर ५ मालिका तथा म्याग्दीको वेनी नगरपालिका २ ज्याम्रुकोट लगाएतका क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या भएको छ । पहिरोका कारण केन्द्रीय प्रशारण लाईनको विद्युत ,केवल इन्टरनेट समेत अवरुद्ध भएको छ । विद्युतको २ वटा पोल ढलेका छन् ।

सडक विस्तारको क्रममा ढिलाई हुदा हुँदा कुडुलेका आधा दर्जन घर पहिरोको जोखिममा परेका छन् । पहिरोको कारण करिव ९ करोडको लागतमा हालै निर्माण भएको रंगवैकटेश्वर मुक्तिनारायण मन्दिर ७ करोडको लागतमा वेनेको शालग्राम संग्रहालय र संस्कृत विषयमा कक्षा १० सम्म अध्यापन हुने मुक्तिनाथ वेद विद्याश्रम जोखिममा परेको हो ।

Related News

सम्बन्धित समाचार

  • बाढीपहिरोबाट तनहुँमा ७ हजार प्रभावित हुने अनुमान   

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    दमौली ।  यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन…
  • जलवायु परिवर्तनका असरबारे चिन्ता

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । जलवायु परिवर्तनको असरबारे एक कार्यक्रमका वक्ताले चिन्ता व्यक्त गरेका छन् । निवृत्त प्राध्यापक समाज पोखरा आयोजनामा शुक्रबार ‘जलवायु…
  • बकुल्लाको बास जोगाउन आग्रह

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८१
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास…
  • अन्नपूर्णमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८१
    पोखरा । विश्व वातावरण दिवस अवसरमा अन्नपूर्ण गाउँपालिका आयोजनामा वृक्षरोपण गरिएको छ । पालिका परिसर, सडक पेटी, वडा. २ र…
  • लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार वृक्षरोपण गरेका हुन् । सामाजिक…

hero news full width