पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

रासस
असार ६, २०७७
Capture-81_GUI2k2kwEw

पर्वत, ६ असार । गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

आज बिहान पहिरो गएको हो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ ।

“स्काभेटरले पहिरो हटाउँदैछ”, प्रहरी निरीक्षक सुवेदीले भने , “वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ ।” पहिरोका कारण बिहानदेखि सडक अवरुद्ध भएको हो । यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ ।

पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो । विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बाढीपहिरोबाट तनहुँमा ७ हजार प्रभावित हुने अनुमान   

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    दमौली ।  यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन…
  • जलवायु परिवर्तनका असरबारे चिन्ता

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । जलवायु परिवर्तनको असरबारे एक कार्यक्रमका वक्ताले चिन्ता व्यक्त गरेका छन् । निवृत्त प्राध्यापक समाज पोखरा आयोजनामा शुक्रबार ‘जलवायु…
  • बकुल्लाको बास जोगाउन आग्रह

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८१
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास…
  • अन्नपूर्णमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८१
    पोखरा । विश्व वातावरण दिवस अवसरमा अन्नपूर्ण गाउँपालिका आयोजनामा वृक्षरोपण गरिएको छ । पालिका परिसर, सडक पेटी, वडा. २ र…
  • लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार वृक्षरोपण गरेका हुन् । सामाजिक…

hero news full width