पोखरा । मिस युनिभर्स–२०२० को शुरु गरिएको छ ।
पहिलो अल इन–एप ब्युटी पेजेन्ट–मिस युनिभर्स नेपाल–२०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलनको आयोजना गरिएको हो ।
डिजिटल कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्स संगठन नग्माको नेपाली महिला सशक्तिकरणका लागि शाहसी, बोल्ड र सुन्दर दर्शनका समर्थक सेलिब्रेटीहरुको विशेष सहभागिता रहेको थियो । जसमा मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल–२०१८ मनिता देवकोटा, सुपरस्टार इन्दिरा जोशीको समेत सहभागिता थियो । थुप्रै सुपरस्टार प्रतिस्पर्धी विजेताहरु पछाडिका कोच जोनस गाफुडको पनि उपस्थिति थियो ।
मिस युनिभर्स नेपाल २०१७ की नग्मा श्रेष्ठले स्थापना गरेको म नेपाली लिमिटेड नेपालले उक्त सम्मेलनको आयोजना गरेको हो । म नेपाली लिमिटेड नेपाल मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी हो ।
नग्माले कार्यक्रममा भनिन्, ‘मेरा नजरमा नेपाली महिलाहरु शाहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेर देखिनै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिए । मलाई लस भेगसमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु । सपनाहरु साकार हुन सक्छन । र, म के सुनिश्चित गर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाए जति समान अवसर छ । जित वा पराजित जे भएपनि त्यसले हामीलाई आफू र आफूले प्रतिनिधित्व गरेको देशप्रति गर्वान्भित महशुस गराउँदछ ।’
नेपालको एक मात्र बहु—बिलियन डलर मल्टिनेशनल समूह सीजी कर्पोरेसन ग्लोबल यसको सह–संस्थापक संस्था हो ।
सीजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भने, ‘यस देशका गौरवशाली नागरिकको रुपमा सीजी कर्पोरेसन ग्लोबलका चार पुस्ताहरु नेपाललाई विश्वमा पु¥याउने दर्शनबाट निर्देशत छन् । हाम्रो दर्शनबाट प्रेरणा पाएर प्रतिभाशाली तथा प्रेरणादायक नेपालकी पूर्व मिस युनिभर्स नग्मासंग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ब्यान्डवागन ल्याउन पाउँदा अपार खुशी प्रदान गरेको छ । सबै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमध्यकै ईच्छित सौन्दर्य उपाधी भएकाले यसले महिला सशक्तिकरणको प्रतीक गर्दै मानवीय मुद्दाहरुको वकालत गर्दछ । यो घोषणात्मक समय यो भन्दा राम्रो अरु कुनै हुन सकेन किनभने हामी नेपालका सुन्दर महिलाहरुले यस चुनौतीपूर्ण समयमा सहानुभूतिका साथ राष्ट्रलाई मार्गदर्शन गरेको हेर्न चाहन्छौं । मिस युनिभर्स नेपालको उपाधीले प्रतिभाशाली महिलाहरुलाई सकारात्मक प्रभाव पार्न आवाज प्रदान गर्ने भएकाले हामी निकट भविष्यमा ग्लोबल मिस युनिभर्स कार्यक्रम नेपालमा ल्याउन कार्यरत छौं ।’
म नेपालीका लागि पहिलो इन–एप सौन्दर्य प्रतियोगिता आयोजना गर्नुको उद्देश्य युगल प्रेरणा पनि रहेको छ । संगठनको उद्देश्य कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा, सौन्दर्यलाई लोकतान्त्रिकरण तथा जहाँ रहेपनि जस्तो आर्थिक अवस्थाका भएपनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहीका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्नु हो ।
यस वर्षको प्रतियोगितालाई कार्यान्वयन गर्न नग्माले विज्ञहरुको वल्र्ड–क्लास टिम ल्याएकी छिन् । जसमा अनुशा पीटरसन डकोमेन्ट्री र कनसर्ट ब्रोडकास्टींग र वेव वा मोबाइल कास्ट इन्टरटेन्मेन्टकी एक अग्रणी निर्माता हुन् । यस्तै जोनस गाफुड मिस युनिभर्स फिलिपिन्स् र सिंगापुरका हालको फ्रान्चाइजीका क्रिएटिभ र इभेन्ट डिरेक्टर हुन् । जोनसले प्रतियोगीहरुलाई प्रशिक्षण गर्दै मिस युनिभर्सको मापदण्डलाई पूरा गर्नेछन् ।
ग्राउन्ड ब्रेकिंग म नेपाली, मिस युनिभर्स नेपाल २०२० एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगल प्लेमा उपलब्ध हुनेछ । काठमाडौंमा विकसित गरिएको एप एकपटक उपलब्ध भइसकेपछि यसले नेपाली महिलाहरुको आत्मविश्वास र सौन्दर्यप्रति हाम्रो प्राविधिक क्षेत्रको ध्यान तान्नेछ ।
कार्यक्रममा म नेपालीकी क्रिएटिभ डिरेक्टर अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहलबारे प्रकाश पारेकी थिइन । प्रेस्का उदासले प्रेस सम्मेलन संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मिस तामाङमा १३ प्रतिस्पर्धी
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘मनमाया’ गीतको भिडियो सार्वजनिक
निर्देशक कमल गुरुङ सम्मानित
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१