स्याङजा, ३२ जेठ । स्याङ्जा जिल्लाको वालिङमा लोपोन्मुख सुँगुरे भालु भेटिएको छ । डिभिजन वन कार्यालय स्याङजाका अनुसार सुँगुरको जस्तै लामो थुतुनो, शरिरभरि बाक्ला, लामा काला र सेता धर्से रौं र लामा नङग्रा सहितको बन्यजन्तु बस्ती नजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा बुझाएका छन् ।
भालु वालिङ नगरपालिका ११ तल्लो पेखु ओराले भन्ने बारीमा भेटिएको हो । घर नजिकैको बारीमा हिडीरहेको अवस्थामा देखेपछि स्थानीयले घरमा ल्याएर हेरेपछि बन कार्यालयमा खबर गरेका थिए । स्थानीयबासी सुरेश अर्यालले कार्यालयमा खवर गरेका हुन ।
अनौठो प्रजातिको बन्यजन्तु देखेपछि गाउँलेले समाएर घरमा ल्याएर दुध खुवाएर राखे । उसले दुध खायो, त्यसपछि कार्यालयमा खबर गरेका हुन । जुन स्थानमा भालु भेटिएको थियो, सोही स्थान नजिकैको पेखु सामुदायिक वनमा सोही दिनको साँझ सुरक्षित छाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो । प्रमुख काफ्लेले भने ‘नेपालमा पाईने एक प्रकारको जनावर हो । अहिले यो दुर्लभ मानिन्छ ।’
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
लुम्लेमा असिनाले क्षति
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
देशभर चिसो बढ्दै
हल्का वर्षाको सम्भावना
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१