‘झयानाकुटि’ सार्वजनिक भएको पहिलो हप्तासम्म युट्युबको शिर्ष स्थानमा

विनिता सुनार
वैशाख २९, २०७७
jhyanakuti-1

पोखरा, बैशाख २५ । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि देश लकडाउनमा छ । जसकारण अन्य गतिविधिसँगै मनोरञ्जनका गतिविधिहरु पनि ठप्प भएका छन्।

तर लकडाउनले सिने जगतलाई सुनसान पारेपनि दर्शकलाई भने पार्न सकेको छैन । आफ्ना दर्शकलाई घरबाटै मनोरञ्जन दिने उद्देश्यले लकडाउन सुरु भएलगतै युट्युबमा नयाँ–नयाँ चलचित्रहरु धमाधम सार्वजनिक भइरहेका छन्।

जसले गर्दा चलचित्र पे्रमिहरुले घरमा बसेर चलचित्रको मज्जा लिन पाइरहेका छन् । यहि लकडाउनको मौका छोपि सौगात मल्ला र बेनिशाा हमालको मुख्य अभिनय रहेको चलचित्र झयनाकुटी पनि युट्युबमा सार्वजनिक भएको छ।

२०७४ साल मंसिर १ गते देशभर प्रदर्शन भएको उक्त चलचित्रले हलबाट दर्शकको राम्रो साथ पाउन सकेको थिएन । तर युट्युबमा सार्वजनिक भए लगतै चलचित्रलाई दर्शकको राम्रो प्रतिक्रिया आउने क्रम जारी छ।

जसकारण युट्युबमा सार्वजनिक भएको पहिलो हप्तासम्म पनि ‘झयानाकुटि’ युट्युबको पहिलो स्थानमा बस्न सफल भएको छ।

हालसम्म चलचित्रलाई करिब ४ करोड दर्शकले हेरिसकेका छन् भने ६१ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रलाई दर्शकले निकै रुचाएका छन्।

नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको उक्त चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।

सौगात मल्ल, बेनिशा हमाल, पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुले अभिनय गरेको उक्त चलचित्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width