न्यायिक उजुरी अनलाइनबाटै

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
manju-gurung-2

पोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्फत् पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिकाका उपप्रखु एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । न्यायिक समिति समक्ष  [email protected] मार्फत उजुरी दर्ता गर्न सकिन्छ उपप्रमुख गुरुङले भनिन् ।

कोनोना रोकनाथ तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइन मार्फत उजुरी लिने निर्णय गरेको थियो भने महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समिति समक्ष अनलाइन मार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ । न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…

hero news full width