लमजुङ । चम्पावती हाइड्रोपावर लि.का सञ्चालकविरुद्ध पीडित आन्दोलनमा उत्रिएका छन् । उनीहरूले शुक्रबार राइनास–५, तीनपिप्ले क्षेत्रमा विरोध प्रदर्शन गरे । झुठा मुद्दा खारेज गर, धरपकड बन्द गर, जलमाफिया होशिसार, किसान आन्दोलन जारी छ, पावरहाउस माथि सार, सिंचाइ सुनिश्चित गरजस्ता नारा लगाएका थिए ।
लमजुङको पूर्वी क्षेत्रमा गोरखाको सीमा नदी चेपे खोलामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनाका पीडितले विरोध प्रदर्शन गरेका हुन् । उक्त जलविद्युत आयोजनाको निर्माण ६० प्रतिशत पूरा भइसकेको छ । आयोजनाको निर्माण आउँदो असारमा सम्पन्न गर्ने गरी बढी रहेको हाइड्रो सञ्चालकको भनाइ छ । आयोजनाको विद्युतगृह निर्माण गरी त्यसबाट निकास हुने पानी राइनासटार सिंचाइ आयोजनाको मुहानभन्दा २ सय मिटर माथि खसाल्ने गरी सो विद्युत् आयोजनाको आइइई प्रतिवेदन अनुसार नै काम भएको दाबी विद्युत आयोजना प्रवद्र्धक कम्पनीका सञ्चालकको छ । तर आयोजनाको निर्माणाधीन विद्युत्गृहको संरचना हेर्दा भने त्यसबाट निकास हुने पानी राइनासटार सिंचाइ आयोजनाको मुहान माथि खस्छ भन्ने आकलन गर्न भने कठिन हुँदै आएको छ । पीडित उपभोक्ताको सिंचाइ आयोजनाको मुहानको सहतभन्दा २ सय मिटर तल विद्युत् आयोजनाबाट निकास हुने पानी खस्ने बताउँछन् ।
यसैलाई ध्यानमा राखेर राइनासटार सिंचाइ आयोजनाका उपभोक्ताले विद्युत आयोजनाको निर्माण पक्षले बलमिच्चाइँ गरिरहेको विषयलाई करिब १ वर्ष अघिदेखि विभिन्न माध्यमबाट उठाउँदै आएका हुन् । यसबीचमा उपभोक्ताको टिम ऊर्जा मन्त्रालय तथा विद्युत् विकास विभागमा समेत गएर ध्यानाकर्षण गराएको थियो । उपभोक्ताको गुनासो ध्यानमा राख्दै विद्युत् विकास विभागले चम्पावती हाइड्रोलाई ८ मंसिरमा आइइई प्रतिवेदन आधारमा मात्र काम अघि बढाउन अन्यथा काम रोक्न निर्देशन दिएको स्थिति रहेको उपभोक्ताको भनाइ छ ।
हाइड्रोपावरले निर्माण संरचनामा कुनै परिवर्तन नगरी निर्माण अघि बढाएको भन्दै आक्रोशित उपभोक्ताले आयोजनाबाट पीडित राइनासटार सिंचाइ आयोजना बचाउ अभियान संघर्ष समिति नै गठन गरेका छन् । समितिको नेतृत्वमा विद्युत आयोजनाको निर्माण कार्य रोक्न जोड दिन २८ मंसिरमा आयोजनास्थल पुगेका थिए । त्यसबेला आफ्ना माग आयोजना पक्षलाई राखेर अगुवा किसान फर्किसकेपछि सो कार्यालयमा तोडफोड र केही साधनमा आगजनीसमेत भएको थियो ।
त्यो आन्दोलन किसान नेताहरुको निर्देशनमा भएको आयोजना पक्षको भनाइ छ । तर पीडित उपभोक्ताका अगुवाको आयोजनाको निर्माण पक्षले उपभोक्तालाई तर्साउन आफंैले सो कार्य गराएको भन्ने दाबी छ ।
सो तोडफोड र आगजनी पीडित उपभोक्ताका अगुवाको निर्देशनमा भएको र ३ करोड ४० हजारको क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति भराउने सहितको माग गर्दै ८ जना उपभोक्ताविरुद्ध आयोजना पक्षले गोरखा प्रहरीमा किटानी जाहेरीको उजुरी दर्ता गरेका थिए ।
राइनासटार सिंचाइ आयोजना आजभन्दा ३० वर्ष अधि निर्माण भएको हो । आयोजनाले राइनास वडा १ देखि ७ सम्मको १४ सय हेक्टरमा सिंचाइ गर्ने लक्ष्य रहेकोमा हाल साढे ८ सय हेक्टरमा सिंचाइ गर्दै आएको छ । ७ मेगावाट क्षमताको चेपे ‘ए’ जलविद्युत आयोजना चम्पावती हाइड्रोपावरको प्रवद्र्धनमा १ अर्ब ३१ करोड ८० लाख स्थिर पुँजीमा निर्माण भइरहेको छ ।
यो बीचमा सो वस्तुस्थिति ध्यानमा राख्दै संघर्ष समितिले प्रधानमन्त्री ऊर्जा मन्त्रालयसहितका सम्बद्ध निकायको ध्यानाकर्षण गर्दै सिंचाइका उपभोक्ताले ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्र आधारमा मन्त्रालयका सहसचिव कृष्ण नेपालको नेतृत्वका एक टोली आएर आयोजनाको स्थलगत अध्ययन गरेको थियो । त्यसको प्रतिवेदन बुझाउन १ साता लाग्ने भनिए पनि प्रतिवेदन सार्वजनिक भएको छैन ।
यसैबीचमा बिहीबार जिल्ला प्रहरी कार्यालय, गोरखाबाट किटानी जाहेरी परेका ८ जनालाई पक्राउ गरी बुझाउनू भन्ने पत्र जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाइयो ।
यता, लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने आफूहरुले गिरफ्तार भने नगरिसेको बताए । उनले भने, ‘प्रदर्शन भयो भन्ने खबर आयो, वार्ताबाटै समाधान खोज्नु पर्छ । केन्द्रबाट आएको टोलीको प्रतिवेदन आउन बाँकी छ, त्यसले निकास दिन्छ भन्ने पनि लागेको हो, योबीचमा गोरखाबाट पत्र लेख्ने काम भएछ ।’ उनले समाधानको लागि वार्ता एकमात्र विकल्प हो भन्छन् ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै
सुपर मादी हाइड्रो पावरको साधारणसभा, सेयरधनीलाई २ प्रतिशत लाभांश
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
hero news full width
मुख्य समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१