नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याले बिहीबार राति दिएको जानकारीअनुसार थप ३ जनामा कोरोना संक्रमित फेला परेको जनाएको हो । थप ३ सँगै नेपालमा कुल संक्रमित संख्या ४ सय ५७ पुगेको हो ।
जसमा भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३ मा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमित हुनेमा बाँके नरैनापुर–३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीय महिला र कपिलबस्तु शुद्दोदन गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन् ।
मन्त्रालयका अनुसार त्यसअघि बिहीबार दिउँसो ९ जना नयाँ संक्रमित थपिएको जनाइएके थियो । जसमा रुपन्देहीका १, झापाका ८ पुरुषहरु हुन् । उनीहरु सबै क्वारेन्टाइन बसेका थिए।
त्यसअघि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार, झापाको कचनकवल गाउँपालिका–३, ६ र ८ का १८, १८, १९,१९, २२, २३,२३, २५, २६, २६, २८, ३०,३२,३७ र ४६ वर्षीय पुरुषहरूमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष, सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिना संक्रमित भएकी हुन् ।
हालसम्म कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । यस्तै ४९ जना निको भई घर फर्केका छन् ।
Related News
सम्बन्धित समाचार
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
hero news full width
मुख्य समाचार
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१