सानिमाको १ सय ३१ औं शाखा स्याङ्जामा

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०८०
sanima

पोखरा । स्याङ्जाको सदरमुकाममा सानिमा बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ स्थित बैंकरोडमा बैंकले आफ्नो १ सय ३३ औं शाखा विस्तार गरी बैंकिङ सेवा दिन सुरु गरेको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा बुधबार पुतलीबजार शाखाको उदघाटन गरेका थिए । समारोहमा वरिष्ठ कलाकार श्रेष्ठले बैंकले थप एक नयाँ शाखा विस्तार गरी बैंकिङ सेवाको सुरु गर्दै स्याङ्जाबासीलाई सेवा सुविधा प्रवाह गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले हरिवंश आचार्य आज विशेष कारणले उपस्थित हुन नसकेतापनि उनी साथमै भएको अनुभूति गर्दै आफूहरूको ४३ औं वर्षको सहयात्रालाई स्मरण गरेका थिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक साथै सरोकारवाला सम्पूर्णलाई साथ, सहयोग तथा सद्भावका लागि उक्त समारोहमा कृतज्ञता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा बढ्दै बैंकिङ कसूर

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीमा गत आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका उजुरीमध्ये सर्वाधिक उजुरी बैंकिङ कसूरसम्बन्धी छन् ।…
  • मानव सेवा आश्रमलाई नबिल बैंकद्वारा उद्धार बाहन

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । नबिल बैंक लिमिटेडले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई २ वटा उद्धार बाहन सहयोग गरेको छ । बैंक अध्यक्ष…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…

hero news full width