पोखरा । माउन्ट अन्नपूर्णमा मावि नदीपुरमा विविध कार्यक्रमहरुका साथ बालदिवस मनाइएको छ । विगतका वर्षझंै यसपालि पनि बालदिवसको अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम भएका हो । प्रथम चरणबाट छनोट भएका २२ समूहले भाग लिएको कार्यक्रममा कविता, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
प्राचार्य सइन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अशोक श्रेष्ठले सम्पूर्ण भाइबहिनीमा सकरात्मक विचारको विकास होस् भन्दै सधै सत्यको मार्गमा हिड्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे ।
विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष चिजकाजी गुरुङले देशका कर्णधार विद्यार्थीहरूको शारीरिक मानसिक विकासमा विद्यालयले समय समयमा गर्ने यस्ता कार्यक्रमले टेवा पुग्ने बताए । विद्यालय संस्थापक तेज गुरुङले विद्यार्थी भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने वातवरण निर्माण गर्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको बताए ।
कार्यक्रममा संगीततर्फ निरञ्जन नेपाली प्रथम, इभाना आचार्य द्वितीय र एसिका सुनारले तृतीय भए ।
नृत्यतर्फ सिनियरमा निशान र दिपेश, रोशनी पुनको समूह र अनुषा छन्त्यालले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरे । नृत्यतर्फ नै जुनियरमा रिया सुनार, अनुष्का राई, दीक्षा पुनको समुहले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरे ।
कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले कार्यक्रम संयोजक शैक्षिक प्रमुख महादेव भण्डारी लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक कर्मचारीलाई धन्यवाद दिए । विद्यालयकी शिक्षिका सेजल विजुक्छे र विद्यार्थी स्मृति, अर्पन, यश, एड्रिना लगायतले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ऋषिकान्तलाई यातायात पुरस्कार
तारा एअरले सोमबारदेखि पोखरा–जोमसोम उडान थाल्ने
नेविसंघ कास्कीको रक्तदानमा ५२ युनिट रगत
बागलुङ समाज पोखराले मनायो तीज
शिक्षक संघको तीज गीत प्रतियोगिता
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०