पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८, ल्वाङमा १९ फिट अग्लो बुद्ध मूर्ति र बुद्ध पार्क स्थापना गरिएको छ ।
पोखरा १, सिम्पानी निवासी बलबहादुर र देवसुवा गुरुङ दम्पतीले आफन्तको स्मृतिमा उक्त मूर्ति स्थापना गरेका हुन् । ल्वाङ गाउँबाट चियाबगान जाने उकालोमा उक्त मूर्ती स्थापना गरिएको स्थानीय भरत गुरुङले जानकारी दिए । बाजे धर्मराज गुरुङ, बज्यै माया गुरुङ, बुवा दिलबहादुर र आमा तुलसी गुरुङको स्मृतिमा उक्त मूर्ति स्थापना गरिएको हो । गुरुङ दम्पतीले निर्माणमा ३० लाख २४ हजार सहयोग गरेका हुन् ।
शुक्रबार उक्त मूर्तिको गुरुङ दम्पतीले नै अनावरण गरे । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा पूजाआजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताको उपस्थिति थियो ।
यसबाट ल्वाङमा अर्को पर्यटकीय गन्तव्य थपिएको उनले बताए । ‘ल्वाङ गाउँमा आउने पर्यटकहरु एकपटक चियाबगान हेर्नका लागि पुगिहाल्छन्,’ उनले भने, ‘यो मूर्ति बगान जाने बाटोमै बनाइएको छ । जसले गर्दा उकालोको थकान मेटाउन यसले सघाउनेछ ।’
Related News
सम्बन्धित समाचार
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
प्रहरी प्रवक्तामा डिआइजी कार्की
रिमाल समाज गण्डकीमा गोकुल
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१