शिक्षक संघको तीज गीत प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०८०
teacher association teej

पोखरा । नेपाल शिक्षक संघ महिला विभाग कास्कीको आयोजना तथा नेपाल शिक्षक संघ महिला विभाग पोखरा महानगर समितिको सहआयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान, पालिकास्तरीय तीज गीत प्रतियोगिता भएको छ ।

प्रतियोगितामा महिला विभाग पोखरा महानगर कार्यसमिति प्रथम भयो । दोस्रो रुपा गाउँपालिका, जिल्ला कार्यसमिति कास्की, अन्नपूर्ण गाउँपालिका भए । प्रतियोगितामा नेपाल शिक्षक संघ माछापुच्छे« कार्यसमिति र मादी गाउँपालिका कार्यसमिति तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

नेपाल शिक्षक संघ संघीय समितिका महासचिव ज्ञानेन्द्र रावलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल शिक्षक संघ महिला विभाग पोखरा महानगर समिति सभापति सीतादेवी भण्डारीको अध्यक्षतामा भएको हो । सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, शिक्षक स्ंघ कास्की सचिव सञ्जु शर्मा लगायत बोलेका थिए ।

‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ शीर्षकमा प्रतियोगीले गीत गाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग