पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल रुपा गाउँपालिको दोस्रो अधिवेशनले तिलबहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल चयन भए । सदस्यहरूमा प्रज्वल शर्मा, सोम सुनारी, वद्री ओझा, सिर्जना ओझा, पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी, मोनिमाया गुरुङ, पूर्णिमा गुरुङ र सीतादेवी पौडेल निर्वाचित हुनु भएको छ ।
जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पंगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तीर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र यदुराज सिं र प्रदेश प्रतिनिधिमा पवित्रा गौली, सरिता कुमाल, विन्दु मल्ल, देवी खड्का, कालिदास सुवेदी, लालबहादुर विक, अमृतबहादुर आचार्य र सवाबक्स मिया छनोट भएका छन् ।
गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अधिवेशन उद्घाटन गर्दै वनको संरक्षण, प्रवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वन समूह स्थानीय तहमा आवद्ध हुने नीति आवश्यक भएको बताए ।
गाउँपालिकाले वन समूहलाई गरेको आर्थिक सहयोग कार्ययोजनाको कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोतको व्यवस्थापन स्थानीय तहबाटै गरिनुपर्ने आवश्यकता औंल्याए ।
बाँदर आतंकले खेती नोक्नासमात्र होइन बस्ती नै खाली हुने अवस्थामा पुगेको बताए । उनले भने,‘उनले इकोसिस्टमलाई आवश्यकभन्दा बढी वन्यजन्तुको उपयुक्त व्यवस्थापन गर्नुको विकल्प छैन ।’
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महिला नेतृत्व विकासमा वन समूहको महŒवपूर्ण भूमिका रहेको उल्लेख गरे ।
महासंघ केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरि बास्तोलाले प्राकृतिक स्रोतबाट समृद्धि प्राप्त गर्न वन नीति बाधक रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले मुलुकलाई विश्वसामु परिचित गराउन सफल सामुदायिक वनको माध्यमबाट हरित रोजगार सिर्जना गर्दै समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता औंल्याए ।
रुपमा गाउँपालिका महासंघका अध्यक्ष बुद्धिबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, रुपमा ७ का वडाअध्यक्ष कृष्ण सुवेदी, गाउँ महासंघ सदस्य विमला खनाललगायतले वन्यजन्तु व्यवस्थापनमा सम्बन्धित निकाय सचेत हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०