ग्रिनको नवौं साधारणसभा

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
green bank

पोखरा । ग्रिन डेभलमपमेन्ट बैंकको नवौं वार्षिक साधारण भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात तथा आव २०७७÷७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
बैंक अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा संचालक विश्वमोहन अधिकारीले स्वागत र संचालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव उमेशकुमार आचार्य गरेका थिए ।
बैंकको साधारण सभामा शेयरधनीले राखेका जिज्ञासामाथि प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकको तर्फबाट प्रष्ट्याए । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरका विभिन्न स्थानका १६ शाखा कार्यालयमार्फत आफ्ना सेवा सुविधा प्रदान गर्दै आएको छ । बैंकले गण्डकी प्रदेश सरकारले कारोना भाइरसबाट प्रभाव परेका व्यवसायलाई लक्षित गरी संचालनमा ल्याएको व्यवसाय जीवन रक्षा कोषअन्तर्गतको कर्जा प्रवाहलाई प्राथमिकता दिएको जनाएको छ ।
बैंकको पोखरा सभागृहचोकमा केन्द्रीय कार्यालय छ ।

Related News

सम्बन्धित समाचार

hero news full width