बेस्ट फाइनान्सको साधारणसभा

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७८
best finance agm news final

पोखरा । बेस्ट फाइनान्स कम्पनी लि.को २५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको अध्यक्षतामा बसेको सभाले
आव २०७७/०७८ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आव २०७८÷२०७९ का लागि लेखापरिक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
सभामा सेयरधनीले राखेका प्रश्न एवं जिज्ञासाको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका मुख्य लगानीकतार्, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्यासिफिक क्षेत्रका संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसुन्दर श्रेष्ठले संचालन गरेका थिए ।
नारायणगढको सहिदचोकमा १५औं शाखा विस्तार गरेको सो फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश २ को वीरगञ्ज तथा प्रदेश १ को इटहरी सहित अन्य जिल्लामा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।
कम्पनीले पछिल्लो वर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधासमेत संस्थाले हालसालै संचालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा बढ्दै बैंकिङ कसूर

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीमा गत आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका उजुरीमध्ये सर्वाधिक उजुरी बैंकिङ कसूरसम्बन्धी छन् ।…
  • मानव सेवा आश्रमलाई नबिल बैंकद्वारा उद्धार बाहन

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । नबिल बैंक लिमिटेडले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई २ वटा उद्धार बाहन सहयोग गरेको छ । बैंक अध्यक्ष…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…

hero news full width