कृषि विकास बैंक कर्मचारी संघ गण्डकीमा सन्तोष

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७८
adbl

पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न कर्मचारीहरुको भेलाले उनको संयोजकत्वमा गण्डकी प्रदेशस्तरीय १३ सदस्यीय समिति पुनर्गठन गरेको हो । सहसंयोजकमा सुमन सुवेदी, सदस्यमा डोलराज गैह्रे, भीमबहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, यामप्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु छन् । समितिले १ जना सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।

भेलाले ९ जना सल्लाहकार समिति पनि चयन गरेको नवनिर्वाचित संयोजक थापाले जानकारी दिए । भेलाले प्रदेशभरका ११ जिल्लाको जिल्ला समिति पनि चयन गरेको छ । ‘विशुद्ध पेसागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यकता,’ भन्ने उद्देश्यका साथ भेला सम्पन्न भएको हो ।

यसअघि, कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रीय संयोजक लिला जिसीले कार्यक्रको उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पेसागत हकहितका लागि संघका कर्मचारी गोलबद्ध हुन आवश्यक रहेको बताए ।

बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सचिवालय सदस्य नरहरिप्रसाद दुलाल, पेशगत महासंघ केन्द्रीय सदस्य तथा संघका सल्लाहकार महेशप्रसाद पौडेल, पूर्व कर्मचारीहरु टेकराज तिमल्सिना, झलकबहादुर भण्डारी, रत्नबहादुर महत, बैंकका कर्मचारी हिमलाल श्रेष्ठ र ऋषिराम रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कृषि विकास बैंक कर्मचारी संघ नेपालका गण्डकी प्रदेश संयोजक भेषराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संगीता पहारी र सञ्चालन सुमन सुवेदीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा बढ्दै बैंकिङ कसूर

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीमा गत आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका उजुरीमध्ये सर्वाधिक उजुरी बैंकिङ कसूरसम्बन्धी छन् ।…
  • मानव सेवा आश्रमलाई नबिल बैंकद्वारा उद्धार बाहन

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । नबिल बैंक लिमिटेडले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई २ वटा उद्धार बाहन सहयोग गरेको छ । बैंक अध्यक्ष…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…

hero news full width