मुक्तिनाथ बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७८
muktinath bank

पोखरा । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ । बैंकले भक्तपुरको मध्यपुरको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई आर्थिक सहयोग गरेको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ प्रमुख वसन्त बक्सी, काठमाडौं उपक्षेत्रीय प्रमख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम, मनोरम नगर समाजका अध्यक्ष विश्वबन्धु गौतम लगायतको उपस्थिति थियो ।
बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न बैंकको विविध सेवा दिंदै आएको प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width