आज २१० औं भानु जयन्ती । गण्डकी प्रदेशको तनहुँ जिल्ला रम्घामा १८७१ साल असार २९ गते जन्मिएका भानुभक्त आचार्य नेपालका आदिकवि हुन् । उनले नेपाली भाषाको अद्वितीय सेवा गरेकोले ‘आदिकवि’ भनिएको हो । त्यसबेला नेपाली भाषा बोल्ने चलन थिएन । पढेलेखेका ठूलावडाहरु संस्कृत भाषामा बाल्ने गर्दथे । संस्कृत भाषामा बोल्ने संभ्रान्तहरुले नेपाली भाषामा बोल्नेहरुलाई राम्रो मान्दैनथे । त्यस्तो बेलामा उनले नेपाली भाषामा लेख्ने गरे । उनले वाल्मीकी रामायणलाई नेपाली भाषामा अनुवाद गरे । नेपालीमा अनुवाद गरिएका श्लोकहरुलाई उनले आफ्नै शैलीमा गाए । जुन ज्यादै लोकप्रिय भयो । अरुले पनि त्यसैगरी गाउन थाले । उनको त्यो प्रयास सफल भयो । त्यो फेरि यस्तो अवस्थामा भयो, जुन अवस्थामा नेपालीहरुलाई एक सूत्रमा बाँध्न एउटा भाषा आवश्यकता थियो ।
गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसेचौबीसे राज्यहरुलाई एक सूत्रमा बाँधेर एकीकृत नेपालको परिकल्पना गरी त्यसको अभियान सुरु गरे । पृथ्वीनारायण शाहले राजनीतिक रुपमा एकीकरण गरेका थिए भने भानुभक्तले नेपाली भाषाको माध्यमबाट एकीकरण गरे । त्यो उनको ठूलो योगदान मानिन्छ । त्यो योगदानको कदर गरेर उनलाई आदिकवि उपाधिबाट सम्मानित गर्ने गरिएको हो । साथै उनी नेपालका राष्ट्रिय विभूति पनि हुन् । उक्त योगदानको कदरसहित गण्डकी प्रदेश सरकारले उनको जन्म जयन्तीमा आज सार्वजनिक बिदा घोषणा गरेको छ । यस किसिमले हेर्दा जति पछि भयो, उति उनको महत्व बढ्दै गएको देखिन्छ । उनको नाममा नेपाली फिल्म पनि बनेको छ । देशविदेशमा पनि उनी उत्तिकै सम्मानित छन् । नेपाली भाषिक क्षेत्रमा उनको सालिक राखेर जन्म जयन्ती मान्ने गरिन्छ ।
उनले बधु शिक्षा लेखेका छन् । उनले काव्यात्मक किसिमले प्रकृतिको वर्णन पनि गरेका छन् भने व्यङ्ग्य गरेर तत्कालीन प्रशासकलाई आफ्नो कर्तव्यमा लाग्न अपील पनि गरेका छन् । उनले आफ्नो पालामा ती सबै गरे तापनि राष्ट्रियस्तरमा उनको नाम जति चर्चित हुनुपर्ने हो, हुन सकेको थिएन । मोतीराम भट्ट एक यस्तो व्यक्तिको जन्म भयो, जसले भानुभक्तका कृति संकलन गरे, भारतमा लगेर छापे । जसको कारण भानुभक्त चर्चित भए । आजको दिन उनको नाम लिनु पनि सान्दर्भिक हुन्छ ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
सुनकाण्ड र संसद अवरुद्ध
प्राज्ञहरूको पोखरा घोषणापत्र
ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०