विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको छ । यस पटक यसले सोमबारका दिन ४९ औं दीक्षान्त समारोह आयोजना गर्यो । यस पटकको समारोह अरुभन्दा फरक र विशेष महŒवको रह्यो । २०७९ जेठदेखि २०८० असारसम्म त्रिविविअन्तर्गतका विभिन्न संकायका विभिन्न तह उत्तीर्ण गरेका ७३ हजार ७ सय ४९ छात्रछात्राहरू दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यसले समारोहमा सहभागी हुन आवेदन दिएकामध्ये १२ हजार ४ सय १५ जना सहभागी भएको पनि उल्लेख गरेको छ । यो संख्या विश्वकै लागि पनि एक रेकर्ड मानिएको छ । त्यस दृष्टिले यो ४९ औं दीक्षान्त समारोह विशेष भएको छ ।
यो भव्य दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एउटा उद्घोष पनि गरेका छन् । उनले त्रिविविबाट राजनीतिको भागबण्डाको अन्त्य गर्ने, मेरिटको आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र बाहिरका विज्ञ नेपालीलाई विशेष आग्रह पनि गरेका छन् । उनले त्यही समारोहमा राजनीतिक दलहरूलाई भागबण्डामा होइन, मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन पनि अपील गरेका छन् । त्यस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रुपमा आसीन थिए । उनको यो घोषणालाई महत्वका रुपमा हेरिएको छ । प्रधानमन्त्रीको यो घोषणा कार्यान्वयन गरिएमा त्रिभुवन विश्वविद्यालयले काँचुली फेर्ने अनुमान गरिएको छ ।
नेपालमा राजनीतिक नेताहरू आफ्नो काममा असफल भएका छन् तिनीहरू असफल भएकै कारण प्रतिक्रियावादी शक्तिले व्यवस्था नै परिवर्तनको माग राखेर सडकमा उत्रेका छन् । नेताहरूकै कारण कतिपय संस्थाहरू बिग्रेका छन्, डुबेका छन् । राजनीतिले जहाँ हात हाल्यो, त्यही बिग्रियो भन्ने आम धारणा छ । त्रिविविमा पनि राजीतिको भागबण्डाले बिगारेको हो । त्यो भागबण्डाको अन्त भएपछि त्रिविविको स्तर वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । राजनीतिक घुसपैठले विश्वविद्यालयमा हड्ताल हुने गरेको, आपसमा झैंझगडा भई कहिले तालाबन्दीसमेत हुने गरेको छ । हप्तौं ठप्प हुने गरेको छ । प्रधानमन्त्रीको यो घोषणाले निश्चय नै सकारात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ । बरु त्यो घोषणालाई सकेसम्म छिटो कार्यान्वयन गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
कांग्रेसको सक्रियता
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१