नेपाललाई नक्कली भुटानी बनाएर विदेश पठाउने प्रकरणको प्रतिवेदन प्रहरीले भर्खरै पूरा गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिंगो राजनीतिक पार्टी र पार्टीका नेताहरूलाई समेत हल्लाउने गरी आएको प्रहण सेलाउन नपाउँदै राजवंशी प्रकरण बाहिर आएको छ । समाचारअनुसार अजय राजवंशी भन्नेले जापानमा राजवंशीहरूका लागि कोटाको बन्दोबस्त भएको छ भन्दै आउन चाहनेहरूले तयारी गर्नु भन्ने सूचना आफ्नाहरूलाई पठाए । जापान जाने भनेपछि कोमात्र तयार नहोला र ? उनका आफन्तहरूले यताउता पैसा खोज्दै उनको खातामा लाखौं रकम जम्मा गरेर विशेष प्याकेजको रुपमा प्रस्ताव गरिएको राजवंशी कोटाले कोशी प्रदेशका राजवंशीहरूमा सनसनी उत्पन्न गर्यो । यसलाई उनीहरूले ठूलो अवसर सम्झे ।
नेपालीहरू बाहिर जान भनेपछि केकसरी हुरुक्क हुन्छन् भन्ने कुरा यो प्रकरणले पनि देखाएको छ । त्यस क्षेत्रका राजवंशीहरूले यसलाई ठूलो अवसर ठानेर यताउताबाट ऋण दिँदै पैसा जम्मा गरे । ५ वर्षअघि जापान गएका निज अजय राजवंशीले पैसा कमाएको वरपर छरछिमेकीहरूले नदेखेका होइनन् । उनको त्यो रहनसहन आदिले विदेश जान चाहने सबैलाई लोभ्याएको थियो । फेरि उनी राजवंशी सन्तान भएकाले विश्वास गर्ने बाटो पनि बनेको थियो । तर ती सबैको विश्वासले त्यो बेला धोका खायो जब अजय राजवंशीले त्यो कुनै आधारै नबनाएर गरेको प्रस्ताव भनेर थाहा पाए । समय बितेर पनि खातामा रकम जम्मा गरेकाहरू जापान जान पाएनन् । अनि उनीहरूले प्रहरीमा उजुरी गर्न सुरु गरे प्रहरीले उनलाई पक्रेपछि उनको सबै षड्यन्त्र पर्दाफास भयो ।
विदेश पठाउने नाममा ठगहरूको पञ्जामा परेका तिनीहरूमात्र होइनन् । सयौं मानिसहरू ठगिएका छन् । तिनीहरूमध्ये धेरैले उजुरीसमेत गर्दैनन् । उजुरी गरेर आफ्नो गुमेको पैसा आउँछ भन्नेमा तिनीहरूले विश्वास गर्दैनन् । १/२ जनाको कुरा प्रशासनले त्यसरी सुन्दैन पनि । अब समयले कोल्टे फेरेको छ । प्रहरी प्रशासन यस सम्बन्धमा चनाखो भएको अवस्था छ । ठगीमा परेकाहरूले पनि अब निर्धक्कका साथ बाहिर आएर उजुरी गर्न सक्नुपर्दछ । त्यसरी ठगीमा परेको आफू एक्लै हो भन्ने सम्झनु हँुदैन । एक्लै भए पनि न्यायको लागि लड्नुपर्छ । ठगी धन्दालाई समाप्त पार्ने प्रयास गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण
शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्
देशको स्थिति बिग्रिन नदेऊ
प्रधानमन्त्रीले निम्त्याएको विवाद
मन्त्रिपरिषद्लाई पूर्णता देऊ
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०