काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविकरुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
निजको दुई करोड दुई हजार ८८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पाइएको छ । निज ढकाललाई बिगो स्रोत नखुलेको रकमबराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी आयोगले आयातीत सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा हानि पुर्याएको आरोपमा मेची भन्सार कार्यालय काँकडभिट्टाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विक र जाँचकी नायब सुब्बा सनद खतिवडासहित सामान आयातकर्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ ३३ पैसा बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
टाउन प्लानिङ मिट सपलाई दुई लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि आज सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ ।
अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ । उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ। लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
Related News
सम्बन्धित समाचार
डिजल चोर्ने पक्राउ
पाेखरामा सुकु हत्याकाण्ड, बागलुङका सञ्जय बिक ८ महिनापछि पक्राउ
पोखरामा जुवातास खेल्ने १० जना पक्राउ
बस ठक्करले पाेखरामा एक महिलाकाे मृत्यु
प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१