युट्युबको ट्रेन्डिङ नम्बर १ मा ‘पासवर्ड’

विनिता सुनार
वैशाख २, २०७७
film photo

पोखरा । सम्राट शाक्यको निर्देशनमा निर्माण भएको चलचित्र ‘पासवर्ड’ सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । नेपाली नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको उक्त चलचित्र युट्युबको टेन्डिङ नम्बर एकमा पर्न सफल भएको छ।

एक्सन, थ्रीलर र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम डान्स देख्न सकिन्छ ।

चलचित्रमा अनुपविक्रम शाहीका साथमा विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरा लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई ओएस्आर डिजिटलको युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

कोरोना भाइरसका कारण देशमा लकडाउन चलिरहेको समयमा दर्शकलाई घरबाटै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पछिल्लो समय युट्युबमा नयाँ–नयाँ नेपाली चलचित्र सार्वजनिक भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width