काठमाण्डौं, २ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यतिवेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा दुई जनामा पोजिटिभ रिपोर्ट आएपछि सो अपार्टमेन्ट सिल गरिएको हो । उनीहरूलाई अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अहिले अपार्टमेन्ट वरपर पूर्ण रूपमा आवतजावत ठप्प पारिएको छ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा दुई जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। थप परीक्षण गर्न सोमवार उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो ।
अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरालाई कोरोना संक्रमण भेटिएको छ भने वुहारीको रिपोर्ट आएको छैन् । अर्थमन्त्री युवराज खतिवडाका छोरा पनि सनसिटीमा बस्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१