दाङ, २८ चैत । सरकारले गरेको लकडाउनको मौका छोपेर दाङमा काठ तस्करी गर्ने क्रम बढ्दै गएको छ । जिल्लाको बजारदेखि टाढा रहेका वन क्षेत्रबाट तस्करहरुले काठ चोरी तस्करी गर्ने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका डरले कर्मचारी छुट्टीमा बसेको मौका छोपेर वनमा तस्कर समूह सक्रिय हुन थालेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
“जिम्मेवार तहका व्यक्तिहरु नै रुख फडानीमा संलग्न रहेको पाइएको छ”, डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने “लकडाउनको मौका छोपेर यसपटक अधिकांश नयाँ ठाउँमा तस्करहरुले काठ कटान गरेका छन् ।” नले लकडाउन शुरु भएदेखि हालसम्म विभिन्न ६ वटा वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौ क्युफिट काठ, तीन ट्याक्टर तथा रुख काटन प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठलाई मुचुल्का तयार गरी सुरक्षित साथ राखिएको प्रमुख ज्ञवालीले बताए ।
चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउनका अवधिमा बढेको काठ तस्करी तथा चोरी निकासी नियन्त्रण र वन्यजन्तु सिकारका घटनाहरु बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरेको कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
डिजल चोर्ने पक्राउ
पाेखरामा सुकु हत्याकाण्ड, बागलुङका सञ्जय बिक ८ महिनापछि पक्राउ
पोखरामा जुवातास खेल्ने १० जना पक्राउ
बस ठक्करले पाेखरामा एक महिलाकाे मृत्यु
प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१