जापानमा कोरोनाको जोखिममा नेपाली, एकजना सङ्क्रमित

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
Japan-land-of-earthquakes-land-of-resilience
करिब १ लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको क्षेत्र हो जापान । तीमध्ये एक चौथाइ विद्यार्थी भिसाबाट अध्ययन पुरा गरेर प्रक्रियागत तवरबाट बसेका छन् भने केही भान्से काममा दक्ष व्यक्ति (कुक) र केही उच्च शिप भएका प्राविधिक तथा व्यवसायीहरु रहेका छन् । एकाध बाहेक अधिकांश नेपालीहरुको विदेशिने चाहना भनेको धन कमाउनकै लागि हुन्छ । विद्यार्थी भिसामा आएकाहरु पनि दक्ष सिप हासिल गर्नकै लागि आएको भन्ने मनसाय राख्नेहरु गन्न सकिने संख्यामा होलान् । बेरोजगारी, कमजोर अर्थतन्त्र, आधारहिन शिक्षा र विश्वासीलो बन्न नसकेको राजनैतिक संयन्त्रबाट दिक्क भएर जापान आएका नेपालीहरु सिमित समयावधिको भिसामा कमाउनकै लागि दाैडधुम गर्छन्,  तर यो दाैडधुप अहिले असुरक्षित भैरहेकाे छ ।
“काममा सुपरभाइजरलाई बिदा दे भन्यो भने तेरो काम कस्ले गर्छ, कि काम छोड़ भन्छ । काम छोडेर सेल्फ क्वारेन्टाइनमा बसौं भने महिनाको को १० मान (मासिक न्युनतम खर्च एक लाख) कसले दिन्छ ? एनआरएनएले केही गर्ला नि भन्यो भने आफै आर्थिक संकलनमा लागेको छ। क्रेडिट कार्डदेखी सापटी गरेर यो महीना काम चलाऊ भने अर्को महिना कसले तिरिदिन्छ ? नेपालदेखी मगाउँ भने बैंकको किस्ता बाँकी भएर फोन आको छ रे घरमा, के गर्नु ज्यानसँग पैसा साट्नु परेको छ” टोकियोमा अध्ययनरत एक नेपाली बिद्यार्थीले भने । “हाम्रा लागि घाऊमा नुनचुक दल्नु बराबर को न्युज… अन्तिममा कतै अष्ट्रेलियन सरकारले जस्तै यहाँ पिडामा रहेकाहरु आ-आफ्नो देश फर्किन सक्छौ भन्ने न्यूज त आउने हैन ? ”
व्यस्त राजमार्ग, बजार क्षेत्र, रेल र वसमा यात्रा गरेर काममा जानुपर्ने हुँदा नेपालीहरु पनि कोरोना संक्रमणको अत्यन्तै जोखिममा छन् । विभिन्न देशका नागरिकहरु सँगको भेटघाट, काममा सहकार्य, जुनसुकै ठाउँमा निस्फिक्रि आवतजावत लगायतले नेपालीहरु अझ बढि असुरक्षीत छन् भन्ने दर्शाउछ । “सरकारले लकडाउन नै गरे बरु बस्न हुन्थ्यो, न काम छोड्न सकिन्छ न निर्धक्क भएर काम गर्न सकिन्छ ।” क्योतोमा मास्टर्स इन आइटी अध्यनरत स्याङ्जाका दिपक अर्यालले भने । जापानमा टोकियो, ओसाका, चिबा, होक्काइदो, आइची, खानागावा, ह्योगो लगायतका प्रान्तमा सबैभन्दा बढि कोरोना संक्रमितहरु भेटिएका छन् । जहाँबाट आजसम्म सजिलै मानिसहरु अन्य स्थानहरुमा आवतजावत गरिरहेका छन् ।
शुक्रबार जापानको इबाराकी केनमा पहिलोपटक एकजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालीहरु अलि बढि सचेत हुनुपर्ने जरुरी देखिएको छ । विषम् परिस्थिति बाहेक अर्थतन्त्रलाई प्रभाव पार्ने कारण देखाउदै जापान सरकारले तत्कालै लक डाउन नगर्ने निर्णय गरिसकेको छ । सरकारले लकडाउन गर्ला र बसौँला भन्ने, निरन्तर बस, रेलमा यात्रा गरिरहने र कामबाट विदा नबस्ने हो भने एकातर्फ हामी कोरोना संक्रमणबाट बच्न सकिने अवस्था नै छैन भने अर्कोतर्फ कोरोना संक्रमण भएमा वा सानो लक्षण देखिएर स्वास्थ्य जाँच गराउनु परेमा पनि त्यत्ति सजिलो छैन । यसैले अहिलेको परिपेक्षमा सेल्फ क्वारेन्टाइनमा बस्नुनै उक्तम विकल्प हो ।। शनिबार साँझसम्म सम्म जापानमा मात्रै २९३५ संक्रमित र ६९ जनाको मृत्यु भएको छ ।
(निर्मल घिमिरे, जापान)

Related News

सम्बन्धित समाचार

hero news full width