पोखरा । कास्की आदर्श समाज युएईको स्मारिका आदर्श स्मारिका विमोचन गरिएको छ । युनाइटेड अरब इमिरेट्सको वरदुवईमा सामाजिक, जातीय संघसंस्था तथा राजनीतिक भातृ संगठनका प्रतिनिधिहरुको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
आचार्य ज्योतिष पण्डित सम्पथकुमार न्यौपानेले स्वस्तिवाचन गरी शुभारम्भ गरिएको कार्यक्रममा पीपलको पातको ब्याज बनाएर अतिथि स्वागतको नयाँ शैली आदर्श समाज युएर्ईले अपनाएको छ ।
कास्की आदर्श समाज युएईका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका उपसमिति सदस्य शिवराज बस्ताकोटीले स्वागत र महासचिव श्रीराम रानाभाटले सञ्चालन गरेका थिए ।
कास्की आदर्श समाज युएर्ईका संस्थापक संरक्षक एवं कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संरक्षक कृष्णबहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्मारिका उपसमिति संयोजक तथा कास्की आदर्श समाज युएईका संरक्षक संयोजक केदार कुँवरले संस्थाका १० वर्षका गतिविधि तथा स्मारिका प्रकाशनबारे चर्चा गरे ।
कार्यक्रममा कास्की आदर्श समाज युएईका संस्थापकहरू मनोजकुमार सैँजू, गुप्तशेखर पौडेल, कार्यक्रममा पर्वत समाज युएईका अध्यक्ष तिलक सापकोटा, तनहँु समाजका अध्यक्ष सुदीप कार्की, पाल्पाली समाज युएईकी अध्यक्ष ओम कुमारी खाँड, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, नेपाली समाज युएईका वरिष्ठ उपाध्यक्ष कमल गिरी, अध्यक्ष वेदप्रसाद अर्याल, कास्की आदर्श समाज युएईका निवर्तमान सल्लाहकार तथा बिजिनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्रबहादुर थापा लगायतले कास्की आदर्श समाज युएईले गर्दै आएका कार्यक्रमहरुको प्रशंसा गरे ।
स्मारिका प्रकाशनका सिलसिलामा सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुप्रति संस्थाका अध्यक्ष शिवकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
बगर भाइखलक युकेमा ओम
क्वोने (घोताने/घोन्डे) गुरुङ समाज युकेको नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज
संगीतकार सुरेश सम्मानित
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
hero news full width
मुख्य समाचार
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१