पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
मृतक महिला बुलिङटार ४ निवासी १८ वर्षीया गोमति गोदामीमगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको हत्या भएको दाबी गरेका छन्।
गोमतीका बुबा गिरनबहादुर जर्गाहा मगरले आफ्नी छोरीको हत्या भए पनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको दाबी गरे। उनले आफ्नी छोरीलाई ज्वाइँ तुलाराज गोदामी मगरले हत्या गरेको आरोप लगाए।
घटना २०७५ जेठ २० गतेको भए पनि घटना लुकाई आत्महत्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मुद्दा हालेपछि अदालतको आदेशमा मंसिर ८मा मृतकका श्रीमान्लाई पक्राउ गरिएको थियो।
प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले अदालतको आदेश अनुसार मृतकका श्रीमान्लाई नियन्त्रणमा लिई म्याद थप गरी घटना अनुसन्धान गरिरहेको बताए।
मृतकका बुवा गिरनले छोरीलाई कुटपिट गरी हत्या गरिएको तर आफूहरुलाई भने झुण्डिएर आत्महत्या गरेको भनी वडाध्यक्ष र उनका परिवारले घटना लुकाएको आरोप लगाए।
जिल्ला अस्पताल भरतपुर चितवनले पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको रिपोर्ट दिएपनि रिपोर्ट गलत भएको र त्यसमा पनि जालसाजी गरिएको मृतकका आफन्तले आरोप लगाएका छन्।
मृतकका आफन्तले नवलपुर प्रहरीमा पटक/पटक किटानी जाहेरी दिएकोमा अनुसन्धान अगाडि नबढाएपछि आफूहरु बाध्य भए उच्च अदालत गएको जनाए।
मृतकको शरीरमा नीलडाम रहेको र झुण्डिएको भनिएको स्थानमा आफूहरुलाई घटनाको जानकारी नगराइएको लगायत कारण घटना आत्महत्या नभई हत्या भएको उनीहरुको दाबी छ।
Related News
सम्बन्धित समाचार
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रविविरुद्ध चितवनमा पनि जाहेरी
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१