असोज, ८ पोखरा । विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा कार्यक्रममा डेंगु रोगको बारे छलफल , निवारणका उपायको खोजी र ३र दैलो अभियानसमेत गरिएको छ ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष तीर्थराज अधिकारीले पोखरामा पछिल्लो समय डेंगु रोग बढेकाले सचेतना कार्यक्रमहरु सञ्चालन हुन राम्रो पक्ष भएको बताए । लायन्ससँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको उनले बताए ।
कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख शिवराज आचार्य, रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, वडा सदस्यहरु शान्तादेवी गुरुङ, वैैकुण्ठ भन्डारी लगायतको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१