न्यूयोर्क, १९ साउन । फेवातालको सिरान मै हो मेरो घर भन्न नपाउँदै छेवैमा बस्ने महिलाले चौतारा माथिकी तल भन्ने प्रश्नहरूले एक आपसमा यति नजिक ल्यायोकी उनीहरू उही बालापनको साथी नै हो की झैँ गरे एक आपसमा गफ्रिएर उही गाउँघरमा पुगे जस्तो अनुभूति गरेका थिए न्यूयोर्कमा ।
कसैको घर कालिका त कसैको हेम्जा अनि निर्मलपोखरी ,सराङ्गकोट , बैदाम कास्की जिल्लाको जुनै कुनाको भए पनि कस्केलीहरु न्युयोर्कमा जमघट हुँदै उही फेवाताल, बेगनासताल, लगायत आफ्नै भीरपाखाको गफ गर्दै न्यूयोर्क सहरको इस्ट रिभरको पार्कमा रमाउँदै चिनजान गर्दे आफ्नोपनको अनुभूति गरे ।
कस्केली समाज अमेरिकाको आयोजनामा अगष्ट ३ को शनिवार भएको समर पीकनिकमा कास्की जिल्ला घरभई हाल अमेरिकाको न्यूयोर्क , न्यूजर्सी र कनेकटिकटमा बसोबास गर्दे आएका सम्पूर्ण कस्केलीहरुको रमाइलो जमघट,चीनजानसँगै पारिवारिक रूपमा भेटघाट गराई रमाइलो वातावरणसँगै विभिन्न परिकारका साथ नाचगान समेत भएको थियो । बिशेषगरी न्यूयोर्क न्यूजर्सी कनेकटिकेट, बाल्टिमोर लगायतका ठाउँका कस्केलीहरुको सहभागिता रहेको थियो ।
यूयोर्क शहरमा यतीका धेरै कस्केलीहरु जमघट भएको यो पहिलो पटक भए पनि आगामी दिनमा अझ संगठितहुँदै हुने लक्ष्यका साथ समग्र कास्की जिल्लालाई अमेरिकामा बस्ने कस्केलीहरुले कसरी सहयोग गर्न सक्छन भन्ने तर्फ पनि योजना बनाएर अगाडि बढेने भएका छन् । कास्की समाज अमेरिका बाल्टिमोरका अध्यक्ष कुलप्रसाद गुरुङ्गले कार्यक्रमको सफलता गरेका थिए भने पिकनिक कार्यक्रमको सञ्चालन कृष्ण लामिछानेले गरेका थिए ।
िपकनिकको लागी व्यवस्थित रूपमा सफल बनाउन डम्बरजगं गुरुङ्ग,बलबहादुर गुरुङ्ग, केदार पहारी, तारा पोखरेल, किरण गुरुङ्ग, अन्जित गुरुङ्ग,अभिनय अधिकारी , कमल गौतम,महेन्द्र अधिकारी, कृष्ण पौडेल, सुवस सुनार ,समर बुढाथोकी,कृष्ण लामिछाने, विष्णुप्रसाद पौडेल, अमर तामाङ्ग, भवानी बाँस्तोला, र शिव बाँनिया, राजेश आचार्य,मोहन गौतम, शेखर पोखरेल, रविन पौडेल लगायतका अन्य व्यक्तिहरूको अतुलनीय सहयोग रहेको थियो ।
Related News
सम्बन्धित समाचार
इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने
कास्की आदर्श समाज युएईकाे स्मारिका विमोचन
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित ९ जनाको मृत्यु भएको पुष्टि
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१