गुल्मीमा घर भत्कियो, एक जनाको मृत्यु, पाँच घाईते

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
gulmi acc

बुटवल, १२ साउन । एक हप्ता अघि १३ जनाको ज्यान जानेगरी आएको प्रकृतिक विपत्तीको झल्को दिने गरी गुल्मीमा फेरी घर भत्किएर एक जनाको मृत्यु भएको छ ।

यस अघि पहिलो गएको स्थान नजिकै कालीगण्डकी गाउँपालिकामा घर भत्ँिकदा एक जना वालकको ज्यान गएको हो । घटनामा परि पाँच जना घाइते छन् । कालीगण्डकी ७ अन्र्तगत छापचौरमा शनिवार राती परेको वर्षासँगै ज्यान गुमाउनेमा सोही वडाका डिलबहादुर परियारको १३ बर्षीय छोरा चुन्न परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपक कुमार वस्नेतले बताए ।

घटनामापरी खिमा परियार, प्रदीप परियार, साजन परियार, सोनी परियार, भेष कुमारी परियार रहेका छन् । घाइतेहरु सबैलाई राती नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । घाइतेहरु अहिले पाल्पामा उपचार धैरहेको स्थानीय अनिष ढकालले जानकारी दिए ।

आफ्नी दिदी भेष कुमारी परियारको घरमा धान रोप्नका लागि शनिवार आएका परियारको दिनभरी काम गरेर राती सुतिरहेको अवस्थामा घर भत्किएपछि काठले लागेर मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको थियो । यस अघिको पहिलोवाट विस्थापित भएकाहरुलाई प्रयाप्त राहात नपुगेको गुनासो आइरहेका वेला गुल्मीमा पुन घर भत्किएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width