विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
Nepal Redcross Baidam (2)

पोखरा, २२ असार । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाद्वारा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले रेडक्रसले समाजमा खेलेको भूमिकाको प्रशंसा गरे । साथै उनले विपद्मा परेका नागरिकको सेवामा तयार रहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगतबहादुर पहारी, नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य मंगल नेपाली, रेडक्रस उपशाखाका उपाध्यक्ष उमा भण्डारी, बैदाम उपशाखाका सहसचिव तुलसी दाहाल, सदस्य ओम विक्रम ओझा लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा रेडक्रस सोसाईटी कास्कीका प्रशासकीय अधिकृत खेमराज सापकोटा र शाखा अधिकृत मोह सिंह खड्काले नेपाल रेडक्रस सोसाईटीका सिद्धान्त, विपद् व्यवस्थापनको विषयमा प्रशिक्षण दिएका थिए । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाका सभापति गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सूर्यनाथ पहारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width