नारायणपुर, १३ असार । जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ ।
आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए ।
दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ घाइते भए । नौ हजार ३८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरु बस्दै आएका करीव एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमीनमा विलिन भए । यसले झन् गरीबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो । रोजगार र बालबालिकाहरुको शिक्षा समेत अस्तव्यस्त भए ।
दाङमा बितेको एक वर्षमा दैवी प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार एक वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो । एक वर्षमा विपद्कै कारण १७१ घरमा क्षति पुगेको छ ।
३७ वटा वडा उच्च जोखिममा
दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ ।
राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका दुई वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताए । यस्तै, बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।
“वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन् किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन् उनीहरुलाई समयमै सूचना पु¥याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,” दाहालले भने – “जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।”
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
असाेज २७, २०८१बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
असाेज २७, २०८१बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१