चिनियाँ राष्ट्रपति सि चिनफिङ बैदेशिक भ्रमणबाट शनिबार विहान स्वदेश फर्किएका छन्।
रुसको सेन्ट पिटर्सबर्गमा भएको अन्तरराष्ट्रिय आर्थिक मञ्चको बैठकमा सहभागी हुन औपचारिक भ्रमणको शिलशिलामा रुस गएका राष्ट्रपति सि स्वदेश फर्किएका हुन्।
उनीसँगै भ्रमणमा गएका राजनीतिक, आर्थिक तथा वैदेशिक मामिलाका उच्च अधिकारीहरु पनि एउटै विमानबाट स्वदेश फर्किएको जनाइएको छ। राष्ट्रपति सिको टोली स्थानीय समयानुसार शुक्रबार दिउसो रुसको पिटर्सबर्गबाट चीनतर्फ प्रस्थान गरेको समाचारमा जनाइएको छ। रुसी उच्च अधिकारीहरुले चिनियाँ टोलीलाई विमानस्थलबाट विदाई गरेको थियो।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार भेटवार्ता भएको थियो। रूसी राष्ट्रपतिको गृहनगर सेन्ट पिटर्सवर्गमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले इतिहासलाई सम्मान गर्दै अघि बढ्ने बताए। भेटमा दुई नेताहरूबीच विगत तथा वर्तमान् राजनीतिक अवस्थाका बिषयमा छलफल गरेका थिए।
उनीहरूबीच दुई देश र त्यहाँका जनताबीच आपसी मित्रता र समझदारीका लागि सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने सहमति भएको छ। दुई नेताहरूबीचको छलफलमा दुई देशबीच सांस्कृतिक तथा पर्यटकीय गतिविधिको प्रवद्र्धनका लागि जनता–जनताबीचको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहित गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।
बितेका पाँच वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ। दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ। भेटवार्ताको भोलीपल्ट शुक्रबार सेन्ट पिटर्सवर्गमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले फाइभ–जी तथा अन्य प्रविधिजन्य ज्ञान आफ्ना सबै साझेदार राष्ट्रहरूमा पुर्याउन चीन तयार रहेको बताए।
ताररहित फाइभ–जी नेटवर्कमा अमेरिकासँग कडा प्रतिस्पर्धामा अघि बढिरहेको चीनले विश्वव्यापी नेतृत्व लिन प्रयास गरिरहेको समय राष्ट्रपतिको उक्त भनाइ आएको हो।
Related News
सम्बन्धित समाचार
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
ट्रम्पको ट्विटर आइतबारदेखि पुनः सञ्चालनमा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०