अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन पुगेका छन्।
लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गर्नुभएको छ। बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ।
राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्नुहुने राजकीय रात्रिभोजमा सहभागी हुनु हुनेछ। राष्ट्रपति ट्रम्पले गर्नुभएको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन्।
यी दुबै नेताबीच बेलाबखत एक अर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुने गरेको छ। ट्रम्पले भनेका छन् “खानले लन्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन। ’ खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए। राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन्।
Related News
सम्बन्धित समाचार
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९