भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिएका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत भएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेबारी दिएको अधिकारीले बताएका छन्।
गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रुपमा रहेका छन्। उनले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेबारी पाएका हुन। प्रधानमन्त्रीका रुपमा मोदीको पहिलो कार्यकालमा सिंह गृह मन्त्री रहेका थिए। नयाँ गृह मन्त्रीको जिम्मेबारी पाएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रुपमा चिनिन्छन्।
यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउदा उनी उत्तर प्रदेशको पार्टी प्रमुख थिए। त्यति बेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो।
अहिले भने उनी केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता थिए। देशभरी अहिले भाजपाले ३०३ सिट जित्नुमा उनको ठूलो भूमिका रहेको मानिन्छ।
भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो। नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरुले गत बिहीबार सपथ ग्रहण गरेका थिए। सपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरुको उल्लेख्य सहभागीता रहेको थियो।
Related News
सम्बन्धित समाचार
इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने
कास्की आदर्श समाज युएईकाे स्मारिका विमोचन
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित ९ जनाको मृत्यु भएको पुष्टि
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१