तनहुँ,१७ जेठ । जिल्लाका विभिन्न स्थानमा मापदण्ड विपरीत सन्चालन गरिएका क्रसर उद्योग बन्द गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारवाट जारी भएको ढुङ्गा ,गिटी ,बालुवा उत्खनन संकलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र संचालनगन गर्न बनेको कार्यविधि विपरित संचालित क्रसर उद्योग बन्द गर्न लागिएको हो ।
जिल्ला स्थरीय अनुगमन तथा समन्वय समिति तनहुँले त्यस्ता क्रसर उधोगहरुलाई श्रावण मसान्तवाट बन्द गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
प्रदेश सरकारले बनाएको कार्यविधि प्रदेशका सवै जिल्ला समन्वय समितिहरु र सवै स्थानीय तहहरुमा पत्र प्राप्त भएपछि मापदण्ड नपुगेका क्रसर उद्योगहरु बन्द गरिने निर्णय भएको हो। जिल्लामा हाल १५ वटा क्रसर उद्योग संचालनमा छन । तनहुँमा रहेका चार बटा क्रसर उद्योग मात्र दर्ता भएर संचालनमा छन् ।
प्रमुख वाग्लेका अनुसार गण्डकी प्रदेशको उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्र अनुसुचि४ मा कुनै पनि ताल,–तलैया, ऐतिहासिक धार्मिक महत्वका पोखरी,घाटक्षेत्रको१ हजार ५ सय मिटर भित्र क्रसर संचालन गर्न नपाइने कार्यविधिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
१ हजार बढीलाई रोजगारी दिन पोखरामा आजदेखि रोजगार मेला
चट्याङले चालिस भेडा मरे
लेउवा संघ महाधिवेशन सुरु
पहिराले २०० परिवार जोखिममा
कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९