प्रदेश ५ र सुदूरपश्चिमले अंक बाँडे : प्रधानमन्त्री कप क्रिकेट

एजेन्सी
जेठ १७, २०७६

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वर्षाले खेल प्रभावित हुँदा सुदूरपश्चिम र प्रदेश ५ ले अंक बाँडेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले १९ ओभरमा ४ विकेटको क्षतिमा ५६ रन बनाएर खेल्दा पानी परेको थियो। त्यसपछि खेल नसक्दा दुवै टिमले अंक बाँडे।

प्रदेश ५ का लागि सुभेन्दु पाण्डेले सबैभन्दा बढी २९ रन जोडेका थिए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोडन नपाई आउट भएका थिए। सौरभ खनाल ४ रन र सुरज दराल ८ रन बनाएर खेलिरहेका थिए।

बलिङमा सुदूरपश्चिमका विनोद लामाले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १ बल खेल्न बाँकी छदाँ १ सय ८८ रनमा अलआउट भयो।

सुदूरपश्चिमका लागि खडक बोहोराले ६२ रन र नरेश बोहराले ३१ रन जोडे। बलिङमा प्रदेश ५ का कृष्ण कार्की र सिद्धान्त शाहीले २–२ विकेट लिए।

समूह ‘ए’ मा रहेका दुवै टिमले समान १ अंक जोडेका छन्। शीर्षस्थानको प्रदेश ३ को ४ अंक र दोस्रो स्थानको एपीएफको पनि समान ४ अंक छ।

Related News

सम्बन्धित समाचार

  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…
  • ठेलोमा पर्वतको वर्चश्व

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत…
  • कास्की जिल्ला बक्सिङ संघमा सुमन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको प्रथम…

hero news full width