सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोडको बजेट विजियोजन गरेको छ। खेलकुदमा केही रकम थप गर्दै बजेट विनियोजन गरिएको हो। बजेट भाषणमा सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशालालाई प्राथमिकतामा राखेको छ।
अघिल्लो वर्ष सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ को सिलिङ भित्र रहेर बजेट प्रस्ताव गरेको थियो।
अर्थमन्त्री डा खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको उल्लेख गरेका छन्। त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ।
संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख छ। प्रदेश र स्थानीय तहलाई थप बजेट आउने उल्लेख छ।
त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला बनाउन १० करोड विनियोजन गरिएको छ। क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आएको बजेटमा मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। क्रिकेट खेलका लागि क्रिकेट एकाडेमी स्थापना गरिने उल्लेख छ। यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रको लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ।
नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ। यस्तै शिक्षा क्षेत्रअन्तर्गत प्रत्येक विद्यालयमा एक खेल शिक्षक राखिने भएको छ। सरकारले निजी क्षेत्रको लगानीमा हुने प्रतियोगिता र निर्माण हुने पुर्वाधारलाई प्रोत्साहन गर्ने नीति लिएको छ।
यस्तै क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी बनाउने सरकारले बताएको छ। अर्थमन्त्री खतिवडाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र आसन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ।
Related News
सम्बन्धित समाचार
पोखरामा हाफ म्याराथन हुने
प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
टेबलटेनिस खेलाडीको छनोट
अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु
गण्डकी कबड्डी संघमा पवन
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
जेठ २७, २०८०टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०