पोखरा, जेठ ११ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न यसैवर्षदेखि यो पुरस्कार स्थापना गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।
समितिको शुक्रबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय पौडेल र परियारलाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । विगत १३ वर्षदेखि पत्रकारितामा क्रियाशील पौडेल र १२ वर्षदेखि पत्रकारितामा परियार क्रियाशील छन् ।
यसअघि समितिले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहाकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य रहेका थिए ।
छनौट भएका प्रतिभालाई यही जेष्ठ १७ गते हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समुद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन हुँदै
रिसोर्टबाट संस्कृति जोगाउने जुक्ति
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन- समारोह हेर्नुहोस तस्बिरमा
चिनियाँ पर्यटकको प्याराग्लाइडिङ उडान
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०